breakup

 


##3 Years ago

ब्रेकअप (breakup)💔💔💔💔

कतै पढेकी थिए भविस्यको डिभोर्स भन्दा बरु ब्रेकअप नै ठिक .....

तर हेर न प्रिय म यसमा सहमत हुनै सक्दिन । किन थाहा छ?? 

किनकी यदि भविस्यमा डिभोर्स नै गर्नुपर्ने अवस्था आइहाल्यो भने पनि अदालतमा एकअर्काको आमुन्ने- सामुन्ने मनका हरेक कुरा खुलस्त पार्न सकिन्छ । मनमा उब्जिएका हरेक प्रश्नको सवाल खोज्न पाइन्छ, एउटाले गरेको प्रश्नको उत्तर अर्को ले दिनैपर्छ, त्यो पनि सबैको सामुन्ने । 

" I hate you and goodby forever " प्रेममा यहि शब्दले त सम्बन्धको अन्त्य गरिदिन्छ जसलाई हामी "ब्रेकअप "भन्ने नाम दिन्छौं ।

जब एउटाले " I hate you " भनेर block गरिदिन्छ तब सम्बन्धको सवै ढोकाहरु बन्द हुन्छन् । नचाहादा नचाहादै पनि अर्को ले चुपचाप बस्नु सिवाय केही रहदैन । एउटा एकातिर खुशी भएर बाच्छ त अर्को अर्कोतिर हर दिन, हर समय उस्को यादमा तड्पिन्छ , बिनाकारण टुटेको सम्बन्धको बारेमा एकोहोरो सोचिरहन्छ, जस्ले उस्को दिल टुटाएर गयो उसैसग सम्पर्क गर्ने माध्यम खोजिरहन्छ तर अह उस्ले सम्पर्क गर्न सक्दैन किनकी उ त बदली सकेको हुन्छ , जानीजानी उसग सम्पर्कबिहिन भएको मान्छे आखिर फेरि किन फर्किन्थ्यो होला र??? 


तिमिले पनि त छुट्टीने बेला भनेका थियौ "बिहेपछी छुट्टीनु भन्दा बिहे अघि नै छुट्टीएको राम्रो... मन नुदुखाउ म तिमिसग बिहे गर्न सक्दिन .. एरेन्ज म्यारिज गर्नेछु । "

तिमिले मन नदुखाउ भन्दैमा मान्ने मन कहाँ थियो र मेरो तैपनि मन दुखाएरै मैले हुन्छ भनिदिए । तिम्रो रुपसग हैन मनसग प्रेम गरेको हु र जीवनभरी गरिरहन्छु भन्ने तिमी मेरै रूपमा खोट देखाएर टाडियौ । नत मैले तिमिसग कुनै सवाल गर्न पाए नत जवाफ सुन्न नै..😭बिनाकारण टाढियौ तिमि, केहिबेरमै तिम्रो नामको छेवैको तस्बिर हरायो हेर्दाहेर्दै तिम्रो नाम group message मा परिवर्तन भयो , मन भक्कानिएर आयो 😭..जोड जोडले चिच्याउदै रुन मन थियो । 😭😭😭तिमिले नै दिल टुटाएका थियौ , सम्बन्धको अन्त्यस्टी पनि तिमिले नै गरेका थियौ 😭😭 थाहा छैन तैपनि खै किन यो मन तिम्रै अगालोमा बाधिएर रुन चाहान्थ्यो 😭😭😭😭.......


जब तिमी हरायौ तब आफुले आफैलाइ दोष दिनु सिवाय मसग कुनै विकल्प रहेन । दिमागमा तिमी नै तिमी थियौ त्यही सजिलै भुल्न कहाँ मान्थ्यो र तिमिलाइ😭😭..दिनमा भन्दा कयौं गुणा याद साझमा आउने गर्थ्यो । कति रात रोएरै बिताए त कति सम्झिएर😭😭😭😭आज पनि उतिकै सम्झनेसम्झने गर्छु तिमिलाइ.... प्रेम मात्र कहाँ थियौ र तिमी एउटा आदत जो बनिसकेका थियौ त्यसैले त आज पनि तिम्रो आदत छुटाउन सकिरहेकी छैन तर चिन्ता नलिनु तिमी कोसिस जारी रहने छ । 😭😭


फेक ID बाट तिमिलाइ चिनाउन मन लाग्छ, तिमिसग कुरा गरौंकि जस्तो लाग्छ फेरि सोच्छु,त्यो तिम्रो र मेरो ,मतलब हामी दुबैको लागि हानिकारक हुनेछ ।😭😭 किनकी तिमी चाहादैनौ मेरो आदत लागोस अनि म सक्दिन फेरि तिम्रो आदत छुटाउन 😭😭😭😭....

त्यसैले त दिल टुटाउदै छु , तिम्रो आदत छुटाउदै छु 😭😭😭😭😭😭.

Previous Post Next Post